जनशक्तिको ग्यारेण्टी गरिए आयुर्वेदका लागि अनुमति दिन्छौ : मन्त्री पोखरेल
सिरहा– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय सरकारले ल्याब र जनशक्तिको ग्यारेण्टी गरिदिएप्राकृतिक, आयुर्वेद तथा योग पढाईको लागि अनुमति दिन सरकार तयार रहेको बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मित प्राकृतिक अस्पतालको अनुगमन गर्न आइपुगेका मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
जिल्लाको धनगढीमाई नगरपालिकाले प्राकृतिक चिकित्सा कक्षा सञ्चालनको लागि छलफल गरेर निश्कर्षमा पुगेको खण्डमा आउँदो हिउँदमै कक्षा सञ्चालन हुने गरी निर्णय गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे । हालको स्थितिमा ७५३ वटा सिटीभीटी स्थापना गर्ने स्थितिमा सरकार नरहेको बताउँदै मन्त्री पोखरेलले स्थानीय सरकारको साझेदारीमा एउटै सीटीभीटीबाट प्राकृतिक चिकित्सा, आयुर्वेद तथा योगका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पोख्रेलले पछिल्लो स्थितिमा २० प्रतिशत मात्र प्रविधिमा आधारित शिक्षा पढाई भइरहेकोले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न ८० प्रतिशत शिक्षा प्रविधिसँग जोडर पठन पाठनको विकास गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगर कार्यपालिकाले वेबारिसे एवम् अधुरो बनेको प्राकृतिक चिकित्सा अस्पताल सञ्चालनको लागि निर्णय भइसकेकोले प्राकृतिक चिकित्साको कक्षा सञ्चालन गर्ने गरी सबैसँग छलफल भइरहेको बताए ।
धनगढीमाई नगरपालिकाको १० नं. वडामा भारतीय दूतावासको लागतमा प्राकृतिक चिकित्सा अस्पताल निर्माण भएको हो । उक्त अस्पताल निर्माणाधिन अवस्थामा छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते