जनशक्तिको ग्यारेण्टी गरिए आयुर्वेदका लागि अनुमति दिन्छौ : मन्त्री पोखरेल
सिरहा– शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय सरकारले ल्याब र जनशक्तिको ग्यारेण्टी गरिदिएप्राकृतिक, आयुर्वेद तथा योग पढाईको लागि अनुमति दिन सरकार तयार रहेको बताएका छन् । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मित प्राकृतिक अस्पतालको अनुगमन गर्न आइपुगेका मन्त्री पोखरेलले सो कुरा बताएका हुन् ।
जिल्लाको धनगढीमाई नगरपालिकाले प्राकृतिक चिकित्सा कक्षा सञ्चालनको लागि छलफल गरेर निश्कर्षमा पुगेको खण्डमा आउँदो हिउँदमै कक्षा सञ्चालन हुने गरी निर्णय गरिदिने प्रतिबद्धता समेत व्यक्त गरे । हालको स्थितिमा ७५३ वटा सिटीभीटी स्थापना गर्ने स्थितिमा सरकार नरहेको बताउँदै मन्त्री पोखरेलले स्थानीय सरकारको साझेदारीमा एउटै सीटीभीटीबाट प्राकृतिक चिकित्सा, आयुर्वेद तथा योगका कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री पोख्रेलले पछिल्लो स्थितिमा २० प्रतिशत मात्र प्रविधिमा आधारित शिक्षा पढाई भइरहेकोले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्न ८० प्रतिशत शिक्षा प्रविधिसँग जोडर पठन पाठनको विकास गर्नतर्फ सबै लाग्नुपर्नेमा जोड दिए ।
धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले नगर कार्यपालिकाले वेबारिसे एवम् अधुरो बनेको प्राकृतिक चिकित्सा अस्पताल सञ्चालनको लागि निर्णय भइसकेकोले प्राकृतिक चिकित्साको कक्षा सञ्चालन गर्ने गरी सबैसँग छलफल भइरहेको बताए ।
धनगढीमाई नगरपालिकाको १० नं. वडामा भारतीय दूतावासको लागतमा प्राकृतिक चिकित्सा अस्पताल निर्माण भएको हो । उक्त अस्पताल निर्माणाधिन अवस्थामा छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण