रियल म्याड्रिड दोस्रो स्थानमा
रियल म्याड्रिड स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लेगानेसलाई ५–० गोलले हराउँदै रियल दोस्रो स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा रियललाई फराकिलो जित दिलाउन सातौं मिनेटमा रोड्रीगोले खाता खोले । रोड्रीगोले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । आठौं मिनेटमै टोनी क्रुजले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टी मार्फत एक गोल थपे । पहिलो हाफमा तीन गोल गरेको रियलले दोस्रो हाफमा दुई गोल गरेको थियो । रियलले ६९ औं मिनेटमा अर्को पेनाल्टी पायो । उक्त पेनाल्टीलाई करिम बेन्जेमाले सदुपयोग गरे ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुका जोभिचले गोल गर्दै रियललाई फराकिलो जित दिलाए । जितसँगै दोस्रो स्थान कब्जा गरेको रियलले १० खेलबाट २१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २२ अंक छ । रियलसँग हारेको लेगानेस पाँच अंक सहित तालिकाको अन्तिममा छ ।
ला लिगा अन्तर्गत बुधबार राति भएको अन्य खेलमा रियल बेटिसले सेल्टाभिगोलाई २–१, एथ्लेटिक बिल्बाओले स्पान्योललाई ३–० र लिभान्तेले रियल सोसियडाडलाई २–१ गोलले हराएको छ । सेभिल्ला र भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण