पाकिस्तानी रेलमा आगलागी: मृत्यु हुनेको संख्या ७४ पुग्यो(अपडेट)
एजेन्सी- पाकिस्तानको रेलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ । रेलभित्र खाना पकाउने ग्यासको सिलिण्डर पड्केर बिहीबार आगलागी भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनामा परी अरु दर्जनौ घाइते भएको र मृत्यु भएका र घाइते भएकाहरू तीर्थयात्री रहेको समाचारमा जनाइएको छ ।
पाकिस्तानको कराँची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ७३ जनाको ज्यान गएको बताइएको छ । पाकिस्तान रेलवेको तेजगाम एक्स्प्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डब्बामा आगलागी भएको थियो ।
कतिपयको आगोले जलेर रेलभित्रै मृत्यु भएको हो भने कतिपयको जलिरहेको रेलबाट हाम फाल्दा मृत्यु भएको हो । बिहीबार बिहान दुर्घटना भएको घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगर नजिकै पर्दछ ।
घाइते भएकाहरूको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अरु बढ्न सक्ने आशङ्का पनि गरिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूलाई पर्याप्त उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन् । साथै घटनाका बारेमा छानविनको प्रक्रिया पनि सरकारी अधिकारीहरुले सुरु गरिसकेका छन् ।
रेलको क्षमताभन्दा बढी मानिसले यात्रा गर्ने र लपरबाहीका कारण पाकिस्तानमा रेल दुर्घटना धेरै हुनेगरेको अधिकारीहरुले बताएका छन् । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण