भारतीय प्रधानमन्त्री मोदी थाइल्याण्ड भ्रमणमा
शनिबार, १६ कात्तिक २०७६, १५ : २५
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने भ्रमणका सिलसिलामा शनिबार बिहान थाइल्याण्ड प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा उनले दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ (आसियान) र क्षेत्रीय बृहत आर्थिक साझेदारी (आरसिइपी) को सम्मेलनमा सहभागीता जनाउने भएका छन् ।
सम्मेलनमा सहभागी हुने बाहेक उनले आजै बैङ्ककमा आयोजना हुने सामुदायिक कार्यक्रम “सवस्दी पिएम मोदी” लाई पनि सम्वोधन गर्नेछन् ।
भारतको विदेश मामिला मन्त्रालयका अनुसार नोभेम्बर ३ तारिखका दिन उनले आसियानको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा भारत र आसियान अन्तर्गतका अन्य देशहरुको आपसी सम्वन्धका बारेमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण