घरभित्र थिए १ सय ४० वटा सर्प, एकाएक अजिंगरले बेरिएको अवस्थामा भेटियो महिलाको शव
आइतबार, १७ कात्तिक २०७६, ०९ : ५७
एक महिलाको शव आठ फिट लामो अजिंगरले घाँटीमा बेरिएको अवस्थामा भेटिएको छ । अमेरिकी राज्य इन्डियानाकी लाउरा हर्टको शव भेटिएको पुलिसले शुक्रबार जानकारी दिएको छ ।
उक्त सर्प ‘रेटिकुलेटेड पाइथन’ प्रजातिको थियो जुन संसारकै सबैभन्दा लामो सर्पमध्ये पर्दछ ।
टाउन अफ अक्सफोर्डस्थित एक घरभित्र १ सय ४० वटा सर्प थिए । जसमध्ये २० वटा सर्प उनको आफ्नै थियो । पुलिसका अनुसार हर्स्ट हप्तामा दुईपटक उक्त घरमा जाने गर्थिन् ।
इन्डियाना अक्सफोर्डस्थित बेन्टन काउन्टीलाई गत बुधबार राती एउटा फोन आयो जसमा ३६ वर्षे हर्स्टले कुनै प्रतिक्रिया नदिइरहेको बताइयो ।
स्वास्थ्य टोली घटनास्थलमा पुगेर उनीमाथि विभिन्न जीवन रक्षक उपाय अपनाएतापनि सफल हुन नसकेको बताइयो । उनको पोस्टमार्टम रिपोर्टले उनको सर्पले घाँटी थिचेपछि मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण