ऋचाले दिइन् ब्याचलर पार्टी
अभिनेत्री ऋचा शर्माले ब्याचलर पार्टी दिएकी छन् । उनले केही आफ्ना नजिकका साथी जमघट गराएर ब्याचलर पार्टी दिएकी हुन् ।
पोखरामा दिएको पार्टीमा अभिनेत्रीद्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायतको सहभागीता रहेको थियो ।
‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ लगायत थुप्रै फिल्मकी अभिनेत्री ऋचाले आगामी मंसिरमा लगनगाँठो कस्ने भएकी छन् । लामो समयदेखि दिपेक्ष्य राणाको प्रेममा रहेकी उनले राणासँग नै विवाह गर्न लागेको चर्चा छ । विवाहको मिति भने अहिले सार्वजनिक गरिएको छैन ।
उनका प्रेमी दिपेक्ष्य राजधानीमा रहेको लबिम मलका म्यानेजर हुन् ।
ऋचाले घरजम बसाउनु पूर्व आफ्ना नजिकका साथीलाई ब्याचलर पार्टी दिएकी हुन् । ब्याचलर पार्टीमा सिंगारिएकी ऋचाको हात समात्दै गरेको अवस्थामा प्रियंका र केकी देखिएका छन् । उक्त पार्टीमा ऋचा निकै खुसी देखिएकी छन् ।
केही पहिले मिडियासँग विवाहको प्रसंगमा उनले चाँडै प्रेमी सार्वजनिक गर्ने बताएकी थिइन् । तर, अहिलेसम्म उनी कुनै सार्वजनिक कार्यक्रममा प्रेमीसँग भेटिएकी छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण