यमनमा चार हजार सुडानी सैनिक मारिए: हुथी विद्रोही
साना– यमनमा युद्धरत हुथी विद्रोहीहरुले कम्तीमा चार हजार सुडानी सैनिक मारिएको दाबी गरेका छन् । साउदी नेतृत्वको गठनबन्धनमा रहेर हुथी विरुद्ध लड्दै आएका सुडानी सैनिकहरु मारिएको हुथीका एक जना सैनिक प्रवक्ताले शनिबार जानकारी दिएका छन् । उनका अनुसार यो संख्या सन् २०१५ देखि अहिलेसम्मको मात्रै हो ।
‘लडाईका क्रममा हाम्रा सेनाले सयौं सुडानी सेनालाई नियन्त्रणमा लिएको छ,’ हुथी विद्रोहीले सञ्चालन गरेको अल मसिराह टेलिभिजनसँगको कुराकानीमा हुथी सैन्य प्रवक्ता यह्या सरेयले भने । हुथी विद्रोहीको दाबीका बारेमा सुडानी सरकार तथा गठनबन्धनको तर्फबाट भने कुनै जानकारी दिइएको छैन ।
सुडानले साउदी गठबन्धनलाई सहयोग गर्न सन २०१५ देखि यमनमा सैनिक पठाएको छ । यस युद्धका क्रममा दशौँ हजार नागरिक मारिएका छन् भने दुई करोडभन्दा धेरै यमनी भोकमरीमा परेको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् ।
यमनका लागि राष्ट्रसंघका विशेषदूत मार्टिन ग्रिफिथले सन् २०१८ मा युद्धरत पक्षहरुबीच स्टकहोममा भएको शान्ति सम्झौता कार्यान्वयन गर्न साउदी सरकार र हुथी विद्रोहीबीच निरन्तर सम्पर्क स्थापित गर्न प्रयास भइरहेको जानकारी दिएका छन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण