तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी कारवाही गर्ने सरकारको चेतावनी

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा अध्ययनरत विद्यार्थीहरुसँग मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगले सयुक्त रुपमा पे्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको शुल्क सम्वन्धमा मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नभएकोमा मेडिकल कलेजलाई ध्यानाकर्षण गराएको छ ।
सरकारले एमविविएसतर्फ उपत्यकाभित्रका लागि रु ३८ लाख ५० हजार र उपत्यका बाहिरका लागि रु ४२ लाख ४५ हजार एवम् बिडिएस तर्फ रु १९ लाख ३२ हजार ६ सय १२ कायम गरिएको थियो ।
साथै सरकारले गरेको उक्त निर्णय कार्यान्वयनका लागि यसअघिनै मन्त्रालयवाट सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ । तर विभिन्न मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै यतिबेला विद्यार्थीहरु आन्दोलनमा छन् ।
मन्त्रालय र आयोगले विद्यार्थीहरुसँग मेडिकल कलेजहरुले बढी शुल्क लिएको भन्ने उजुरी सम्वन्धमा कारवाही प्रकृया अगाडि बढाउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र विश्वविद्यालयहरुलाई समेत अनुरोध गरेको जनाएको छ ।
सरकारको निर्णय अक्षरस कार्यान्वयन गर्न गराउन मन्त्रालय र आयोग पुनः एकपटक निर्देशन दिएको छ । ससआथै कुनै पनि पक्षवाट कुनै पनि बहानामा निर्णयकोअवज्ञा हुने स्थिति आएमा किटानी उजुरीका आधारमा प्रचलित कानून बमोजिम सरकार कानूनी कारवाही गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
तोकिएको भन्दा वढी शुल्क लिइएको भए सम्वन्धित जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी गर्ने गर्ने अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव