सनराइज फर्स्ट म्युचुअल फण्डको ८ करोड ६० लाख इकाई बाँडफाँड
काठमाडौं– सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराईज फर्स्ट म्युचुअल फण्डको ८ करोड ६० लाख इकाई बाँडफाँड सम्पन्न गरेको छ ।
सनराइज बैंकको निष्काशन तथा विक्री प्रबन्धकत्वमा सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराईज फर्स्ट म्युचुअल फण्ड स्किमको प्रति इकाई रु. १० दरको १० करोड इकाई (बिज पूँजी वापत कोष प्रवद्र्धक श्री सनराइज बैंकलाई छुट्टाइएको १ करोड ५० लाख इकाई समेत) निष्काशन गरिएकोमा निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट प्राप्त ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाईका लागि आवेदन प्राप्त भएको हो ।
उक्त निष्काशनमा आवेदन दिनु हुने ६ हजार ६ सय ७९ जना दरखास्तवालाहरुबाट रितपूर्वक ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाईको लागि दरखास्त पर्न आएकोमा यसरी प्राप्त दरखास्तहरु प्रशोधन गर्दा ६ हजार ६ सय ७९ जना दरखास्तवालाहरुको ७ करोड ८ लाख ३८ हजार ७ सय ४० इकाई तथा बिज पूँजी बापत १ करोड ५१ लाख ६१ हजार २ सय ६० इकाई माग भए बमोजिम कुल ८ करोड ६० लाख इकाई स्वीकृत भएको छ ।
सोही विवरणपत्रमा भएको व्यवस्था अनुसार बाँडफाँडको लागि सामूहिक लगानी कोष निर्देशिका २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गर्न कार्तिक १९ गते कमलपोखरीमा योजना प्रवद्र्धक, निष्काशन तथा बिक्री प्रबन्धक र कम्पनी रजिष्ट्रारको प्रतिनिधिको उपस्थितिमा शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण