मंसिर २० मा पुग्यो ‘माछा माछा’
काठमाडौं – अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘माछा माछा’को रिलिज डेट पोस्टपोन्ड भएको छ । २९ कात्तिकमा रिलिजको तयारीमा रहेको यो फिल्म प्राविधिक कारण देखाएर सारिएको हो ।
अब यो फिल्म मा रिलिज हुने निर्माण युनिटले जनाएको छ । २९ गतेबाट यो सरेपछि यो मितिमा भूवन केसी अभिनीत फिल्म ‘मिस्टर नेपाली’ र ‘राजु लामा र शीतल केसी अभिनति ‘सम्हाली राख है’लाई राहत मिलेको छ ।
‘माछा माछा’मा सौगातको अलवा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारको अभिनय रहनेछ ।
फिल्मका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । फिल्मलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले फिल्म खिचेका हुन् ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’को सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् ।
फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । ‘माछा माछा’मा अभिनेत्री श्रृष्टि श्रेष्ठले विशेष भूमिका निर्वाह गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण