दयाहाङले छाडेपछि ‘लप्पन छप्पन–२’ मा भित्रिए दुई नयाँ कलाकार
बुधबार, २० कात्तिक २०७६, १३ : ०७
काठमाडौं – फिल्म ‘लप्पन छप्पन २’को छायाँकन अहिले अस्ट्रेलियाको सिड्नीमा भइरहेको छ । छायाँकनरत समयमै अभिनेता दयाहाङ राइले आफ्नो व्यस्तता देखाउँदै केही दिन अगाडि फिल्म छोडेका थिए ।
अहिले यो फिल्ममा दुई नयाँ कलाकार भित्रिएको निर्माण युनिटले सार्वजनिक गरेको छ । फिल्मा पुरानो अभिनेता शिव श्रेष्ठका छोरा शक्ति र सुपर गुरुङ भित्रिएका छन् ।
फिल्ममा शक्तिले पुलिसको र सुपरले ग्याङस्टरको भूमिका निर्वाह निर्माण युनिटले जानकारी दियो ।
मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा, अनुप विक्रम शाही, केरोलिन कोलिन्डा, सृजना सिना लगायतको समेत फिल्ममा अभिनय देख्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण