ललितपुर महानगरद्वारा सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा
बुधबार, २० कात्तिक २०७६, १९ : ३५

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।
सिटीनेट नामक महानगरपालिकाहरुको अन्तर्राष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ । बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भइरहेको पनि मेयर महर्जनले जानकारी दिए ।
ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?