अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक

सिड्नी– अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।
फुटबल फेडरेसन अस्ट्रेलिया (एफएफए) ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर र एली कार्पेन्टरले सकरुजका चर्चित पुरुष खेलाडीहरु आरोन मूए र म्याट र्याएन सरह पारिश्रमिक प्राप्त गर्नेछन् ।
महिला खेलाडीहरुले पुरुषझैं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाँदा विमानमा “बिजनेस क्लास”को टिकट पाउने छन् ।
अस्ट्रेलियाको यस निर्णयले अमेरिकी महिला फुटबल खेलाडीलाई पनि प्रोत्साहन मिल्नेछ किनभने उनीहरुले पनि अमेरिकी पुरुष फुटबल खेलाडी सरह पारिश्रमिकको माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरुको यस मुद्दामा अर्को वर्ष मे महिनामा सुनुवाई हुँदैछ ।
संयुक्तराज्य अमेरिकाले यसै वर्ष फ्रान्समा आयोजित महिला विश्वकप प्रतियोगिता जितेको थियो । फाइनल खेलमा नेदरल्याण्ड्सलाई पराजित गर्नेक्रममा “समान ज्याला”को नारा रंगशालामै गुन्जिएको थियो ।
अस्ट्रेलिया फुटबल एसोसिएसनका अध्यक्ष क्रिस निकोउले भने – फुटबल सबैको खेल हो, र यो नयाँ साझा सम्झौताले समानता, समावेशिता र अवसरका क्षेत्रमा अस्ट्रेलियाली मूल्यमान्यतालाई अझ बलियो बनाएको छ ।
चार वर्षे यस सम्झौता बमोजिम सकरुज (पुरुष) र माटिल्डा (महिला) टिमले राष्ट्रिय टिमले गर्ने कूल आम्दानीको २४ प्रतिशत प्राप्त गर्नेछन् र यो हरेक वर्ष १ प्रतिशत वृद्धि हुनेछ । अर्को शब्दमा उनीहरुले जति बढी सफल हुनसके भुक्तानी पनि त्यसै अनुपातमा बढ्नेछ ।
एफएफएका प्रमुख डेभिड ग्यालोपले सकरुजले महिला फुटबल टिमलाई पनि आम्दानी बाँड्न इच्छा देखाएको जानकारी दिए । अस्ट्रेलियाली पुरुष फुटबलका कप्तान मार्क मिलीगानले महिलाहरु पनि आम्दानीको समान हकदार रहेको बताए । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
-
राजनीतिक दलहरु जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्वसभामुख रानाभाट
-
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई के भने ?