सरकारको इँजार फुस्क्यो है : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा सार्वजनिक गरेको खबर बाहिर आएपछि परराष्ट मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्दै भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले चरम ‘राष्ट्रवादको डंका पिट्ने सरकारले हेलचेक्रयाइपूर्ण ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘चरम‘राष्ट्रवाद’को डंका पिटेर२ ३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात(वा आँत ?) किन काँपेको होला ?’
भट्टराईले सरकारले कालापानी क्षेत्र मात्र भनेर गोलमाटोल विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जान्नुहोस् हज सम्बन्धी पाँच विशेष कुराहरू
-
संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम
-
सिङ्दी–दूधपोखरी हुँदै हर्पिङडाँडासम्म पदमार्गको खोजी गरिँदै
-
नेपालको ऐतिहासिक जित: १ विकेटले स्कटल्याण्ड स्तब्ध
-
१२ बजे १२ समाचार: गृहमन्त्रीको राजीनामा बटमलाइनदेखि यातायात सञ्चालनबारे अझै अन्योल
-
सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच सहमति, तर बन्दबारे अझै अन्योल