सरकारको इँजार फुस्क्यो है : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी, संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार कालापानीको विषयमा बोल्न डराएको आरोप लगाएका छ । भारतले आफ्नो नयाँ नक्सामा नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई गाभेर नक्सा सार्वजनिक गरेको खबर बाहिर आएपछि परराष्ट मन्त्रालयले जारी गरेको विज्ञप्तिको आलोचना गर्दै भट्टराईले त्यस्तो आरोप लगाएका हुन् ।
बुधबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत डा.भट्टराईले चरम ‘राष्ट्रवादको डंका पिट्ने सरकारले हेलचेक्रयाइपूर्ण ढंगले विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘चरम‘राष्ट्रवाद’को डंका पिटेर२ ३पड्काउने सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयको प्याडमा जारी गरिएको विज्ञप्तिमा भर्खर कलम समात्न जानेको शिशुले झैं कसले कोरेको होला ? के त्यो हस्ताक्षर हो ? हात(वा आँत ?) किन काँपेको होला ?’
भट्टराईले सरकारले कालापानी क्षेत्र मात्र भनेर गोलमाटोल विज्ञप्ति जारी गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘अनि ‘कालापानी क्षेत्र’ भनेको कति र कहाँसम्म हो ? इँजार फुस्क्यो है !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण