बायर्न म्युनिख नकआउट चरणमा
जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत बुधबार राति भएको खेलमा बायर्नले ग्रीसको ओलम्पियाकोसलाई २–० गोलले हरायो ।
बायर्न दुई खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो । अपराजित यात्रा कायम राखेको बायर्नले चार खेलबाट १२ अंक बनाएको छ । बायर्नले प्रशिक्षक निको कोभाकको बर्खास्तीसँगै अन्तरिम प्रशिक्षक हान्स फ्लिकको पहिलो खेलमै सफलता हात पारेको छ । बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे । खेलभर ओलम्पियाकोसलाई दबाबमा राखेको बायर्नका लेवान्डोस्कीले लागि ६९औं मिनेटमा गोल गरे । ८९औं मिनेटमा पेरिसिसले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।
यही समूहको अर्काे खेलमा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा इङ्लिस क्लब टोट्टनहामले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई ४–० गोलले हरायो । टोट्टनहामका लागि सनसँगै जियोभानी लो सेल्सो र क्रिस्टियन इरिक्सनले एक एक गोल गरे । जितसँगै सात अंक बनाएको टोट्टनहाम दोस्रो स्थानमा छ । तीन अंक बनाएको रेड स्टार तेस्रो स्थानमा छ । ओलम्पियाकोस एक अंक सहित समूहको अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण