प्राइम लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना अव अनलाइनबाट खरिद गर्न सक्ने
काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालै अनलाइन प्रविधिबाट यस कम्पनीका विभिन्न जीवन बिमा योजना ग्राहक स्वयंले नै खरिद गर्न सक्ने प्रविधि विकास गरि सञ्चालनमा ल्याएको छ ।
यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बिमा योजना तथा त्यस योजना अन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरm छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायक मार्फत भुक्तानी गर्न सकिने जनाएको छ ।
हालको लागी अधिकतम विमाङ्क रकम ५ लाख सम्मको बिमालेख खरिद गर्न सकिनेछ । यस प्रविधि अन्तर्गत ग्राहकलाइ कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बिमालेख जारी हुनेछ ।
कम्पनीले शरुवात गरेको अनलाइन प्रविधिबाट प्रदान गरिने बिमाको सेवाबाट धेरै भन्दा धेरै जनतासमक्ष जीवन बिमाको पहँुच पुग्ने विश्वास कम्पनीले लिएको छ ।
अनलाइन मार्फत प्राप्त प्रस्ताव फारममा उल्लेखित ठेगानाबाट नजिक पर्ने यस कम्पनीको शाखा तथा उपशाखा कार्यालयबाट स्वीकृत भएको बिमालेख सम्बन्धित बिमितलाई दिने व्यवस्था समेत गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण