कैदीहरूको गुनासो : ६० रुपैयाँले दैनिकी काट्नै गाह्रो
महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ ।
बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ ।
नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा कारागार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै गरेकाले कैदीबन्दीलाई सप्तरी र झुम्का कारागारमा पठाउने गरेको पाइएको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवकुमार रेग्मीले जानकारी दिए ।
विगतको अनुगमन जस्तै यसपटक पनि कैदी तथा थुनुवाबन्दीले आफूले पाउने दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ ज्यादै कम भएको तथा जरिमानाबापत कट्टा हुने रकमसमेत कम भएकाले यसमा पुनर्विचार गर्न कैदीहरूले माग गरेका छन् । हालको बजार भाउ र महँगीका कारण सो रकम पर्याप्त नभएको र दैनिकी धान्न गाह्रो भएको कैदीबन्दीले गुनासो गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण