अमेरिकामा ‘मिस्टर नेपाली’ प्रिमियर
मङ्गलबार, २६ कात्तिक २०७६, १३ : १०
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मिस्टर नेपाली’ नेपाल भन्दा पहिले अमेरिकामा प्रिमियर गरिएको छ । अमेरिकाको टेक्सासमा आइतबार आयोजित प्रिमियरमा दर्शकको राम्रो साथ पाएको निर्माण युनिटले जनाएको छ ।
अमेरिकाबाट फर्किएको एक युवाको स्वदेशमा गर्ने संघर्ष कथा बनाइएको फिल्मको प्रिमिएरमा दर्शकले कथा बढी मन पराएका थिए ।
‘प्रिमियर पछि केही दर्शकले विदेशमा बस्ने नेपालीले हेर्नै पर्ने फिल्म बनेको प्रतिक्रिया दिए’ निर्माता प्रेमराज दाहालले भने ‘राष्ट्रियताको कथा भएकोले पनि उनीहरुको चासो देखियो ।’
देव भुषालको निर्देशन रहेको फिल्ममा भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्म प्रेमराज दाहालले बनाएका हुन् । फिल्ममा भुवन केसीको दोहोरो भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण