१० वाणिज्य बैङ्क : कुन बैङ्कको नाफा कति ?
चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिएको छ । साउनदेखि असोज मसान्तसम्मको वित्तीय विवरण बैङ्क तथा वित्तीय संस्थाहरूले धमाधम प्रकाशन गरिरहेका छन् । यसैबीच हालसम्म वित्तीय विवरण प्रकाशित गरेका १० वटा वाणिज्य बैङ्कको वित्तीय अवस्था कस्तो छ ? देखाउन खोजेका छौँ ।
सम्बन्धित बैङ्कले प्रकाशित गरेको प्रतिवेदन अनुसार पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा गर्नेमा ग्लोबल आईएमई बैङ्क देखिएको छ । बैङ्कले नाफामा ४०.५५ प्रतिशतले बढोत्तरी गरेको छ । पहिलो त्रैमासमा ग्लोबलले ७५ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यस अवधिमा ५३ करोड ५८ लाख खुद नाफा गरेको थियो । नेपाल बैङ्क, सिटिजन्स बैङ्क र सिद्धार्थ बैङ्कको नाफा घटेको छ । यसमा नेपाल बैङ्कको ३६.३ प्रतिशतले नाफा घटेको छ ।
कुन बैङ्कको नाफा कति ?
सनराइज बैङ्कले सबैभन्दा बढी ब्याजबाट आम्दानी गर्यो
सबैभन्दा बढी ब्याजबाट आम्दानी गर्नेमा सनराइज बैङ्क देखिएको छ । सनराइजले ३३.३१ प्रतिशतले ब्याज आम्दानी बढाएको छ । बैङ्कले १ अर्ब १० करोड ५ लाख ब्याज आम्दानी गरेको छ । प्रतिशतको हिसाबमा सनराइजको बढी ब्याज आम्दानी भए पनि रुपैयाँमा ग्लोबल आईएमईकै बढी छ । ग्लोबलले पहिलो त्रैमासमा १ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । सिटिजन्स बैङ्क र नेपाल बैङ्कको ब्याज आम्दानी पनि घटेको छ ।
कुन बैङ्कले कति कमाए ब्याजबाट ?
ग्लोबल र प्रभुको सेयर आम्दानी बढी
पहिलो त्रैमास अनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएका बैङ्कमा ग्लोबल आईएमई बैङ्क र प्रभु बैङ्क देखिएको छ । ग्लोबल आईएमई बैङ्कको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा ८ रुपैयाँ ८ पैसाले बढेको हो । यस्तै प्रभु बैङ्कको २८ रुपैयाँ २७ पैसा छ । यद्यपि गत वर्षको यसै अवधिको तुलनामा ८ पैसाले घटेको हो ।
कुन बैङ्कको प्रतिसेयर आम्दानी कति ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण