अन्तरे बन्दै मुकुन
काठमाडौं –गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’मा चोपेन्द्र’को भूमिका निर्वाह गरेर चर्चा बटुलेका कलाकार मुकुन भुषाल ‘अन्तरे’ बन्ने भएका छन् ।
सत्यराज चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘अन्तरे’का लागि उनी मुख्य भूमिकामा चयन भएका हुन् । ‘बुलबुल’बाट समीक्षक तथा दर्शक सबैको मनजित्न सफल उनले ‘अन्तरे’बाट अझ बढी माया पाउने विश्वास व्यक्त गरे ।
‘फिल्मको मुख्य पात्र नै अन्तरे हो । अन्तरेको भूमिका सबैभन्दा बलियो क्यारेक्टर हो’ भुषालले भने ‘बुलबुल’ झै यो फिल्मको पनि चर्चा हुन सक्छ ।’ ‘बुलबुल’बाट आफूले पाएको दर्शकको माया अन्तरेले कायम राख्ने सुनाए ।
‘अन्तरे’को अलवा उनी ज्ञानेन्द्र देउजाको फिल्म ‘झिङ्गेदाउ’ पनि देखिदैछन् । यो फिल्म छायाँकनको तयार िभइरहेको छ ।
‘अन्तरे’ पनि कलाकार छिट्टै फाइनल गरेर छायाँकनमा निस्कने निर्देशक चौलागाईंले बताए । ‘अन्तरेको धेरै क्यारेक्टर अन्य फिल्म भन्दा भिन्न भएकोले कलाकार छनौटमा समय लागेको उनले सुनाए ।
रेड आइज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘अन्तरे’मा राज पण्डित र सुबास राईको लगानी रहेको छ । फागुनको पहिलो साताबाट फिल्म छायाँकनका लागि फ्लोरमा जाने निर्माता राज पण्डितले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण