अवकाशप्राप्त मेजर जनरलले अदालतभित्रै गोली चलाए, वकिलसमेत दुईको हत्या
पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै थुप्रै राउन्ड गोली चलाएका छन् । घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ ।
मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए । घटनामा अन्य दुई गम्भीर घाइते भएका छन् । गोलीकाण्डपछि अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन् । घटना चंथाबुरी प्रान्तको हो ।
मेजरको १५ सय एकड जमिनको विवाद चलिरहेको थियोः
थाई रथ पत्रिकाका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप (६७ वर्ष) र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए । दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए ।
मेजर जनरलले थुप्रै राउन्ड गोली चलाएः
कोर्ट रुममा जनरल चंत्रातिप र वकिल प्लेनटिफबीच भनाभन सुरु भयो । अटोर्नीकी श्रीमती र अन्य दुई–तीन जना पनि झगडामा समावेश भए । विवादको क्रममा जनरलले वकिल र उनका साथीमाथि थुप्रै राउन्ड गोली चलाए । प्लेनटिफ र उनको सहयोगीको घटनास्थलमा नै मृृत्यु भयो भने वकिलकी श्रीमती र अर्का वकिल पनि घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण