रामजानकी विवाह पञ्चमीको तयारी तिव्र, यस्तो छ कार्यक्रम तालिका
जनकपुर– जनकपुरमा राम जानकी विवाह महोत्सव (विवाह पञ्चमी) को तयारी तिव्र पारिएको छ । विवाह पञ्चमीलाई सफल बनाउनका लागि बिभिन्न उपसमिति समेत गठन गÞरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णबले जनाएका छन् । भारतको सर्वोच्च अदालतले अयोध्यास्थित रामलिला स्थलमा राम मन्दिरको लागि जग्गा उपलव्ध गराउने निर्णयपछि यसपालि विवाह पञ्चमीको व्यापकरुपमा तयारी गरिदैँछ ।
प्रत्येक पाँच–पाँच वर्षमा भारतको अयोध्याबाट साधुसन्तहरु जन्तीका रुपमा आउने गर्छन् । यो पटकको विवाह पञ्चमी अन्य वर्षभन्दा विशेष हुने उत्तराधिकारी महन्थ दासले बताए । विवाह पञ्चमीको अवसरमा नेपालका विभिन्न स्थल, भारत लगायत अन्य देशहरुबाट साधुसन्त तथा श्रद्धालु भक्तजनहरु भव्यताका साथ लावालस्करसहित जन्ती आउने गर्छन् । ‘मिथिलाको परम्परा अनुसार नै राम र सीताको विवाह हुनेछ’ दासले भने ।
जानकी मन्दिर र ऐतिहासिक रंगभूमि मैदान बाह«बिघामा विशेष प्रकारको मञ्च बनाई महोत्सवलाई अझ प्रभावकारिताका साथ अगाडि बढाउन लागिएको जानकी मन्दिर मूल आयोजक समितिले जनाएको छ । विवाह पञ्चमीमा राम र सिताको विवाह हुनुपूर्व विवाह मण्डपमा फुलवारी लिला हुनेछ ।
यस्तो छ सात दिवसीय कार्यक्रम तालिका :
सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने ‘विवाह पञ्चमी महोत्सव यहि आउँदो मंसिर १० गते देखि १६ गते सम्म आयोजना हुने आयोजकले जनाएको छ ।
सातदिन हुने कार्यक्रमअनुसार विवाह पञ्चमी महोत्सवको पहिलो दिन मंसिर १० गते मंगलवार जनकपुरधाम नगर दर्शन, दोस्रो दिन ११ गते बुधबार फूलबारी लीला (विवाह मण्डपको फुलवारीमा), तेस्रो दिन १२ गते बिहिवार धनुषयज्ञ (रंगभूमी), चौथो दिन १३ गते शुक्रबार तिलकोत्सव (जानकी मन्दिर प्राङ्गण), पाँचौ दिन १४ गते शनिबार मटकोर (गंगासागर पोखरी घाट), छैठौं दिन १५ गते स्वयंवर तथा शुभ विवाह र सातौं दिन १६ गते (रामकलेवा) । अन्तिम दिन जानकी मन्दिर प्राङ्गणमा अयोध्याबाट आएका जन्तीलाई विदाई गरी विवाह पञ्चमी समापन हुने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण