सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु
बिहीबार, २८ कात्तिक २०७६, १८ : १४
काठमाडौं । पुराना हास्य कलाकार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु भएको छ । निर्देशक साकार पन्तले ३५ दिने छायांकनको सेड्युल बनाएर बुधबारबाट फिल्मको छायांकन सुरु गरेको जानकारी दिए ।
फिल्मको पहिलो सेडुल काठमाडौं आसपासका स्थानमा राखिएको छ । त्यसपछि चितवनमा छायांकन हुने उनले पन्तले बताए ।
फिल्ममा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा, दिव्यदेव पन्त, रिचा शर्मा, केकी अधिकारी, जेविका कार्की लगायतको अभिनय रहनेछ ।
यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण