स्थानीय तह उपनिर्वाचनः दुई उम्मेदवारविरुद्ध उजुरी पर्यो
बिहीबार, २८ कात्तिक २०७६, १९ : १३
काठमाडौँ । स्थानीय तहको रिक्त पदमा हुन लागेको उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका दुई उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका नेपाली काँग्रेसका उम्मेदवार देवराज भारतीयको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर(नाउ) र पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १ मा राप्रपा (लोकतान्त्रिक) का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राप्रपाका उम्मेदवार मिलन गिरीको उजुरी परेको हो ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तह तर्फ आयोगले बुधबार मनोनयन दर्ताको कार्यक्रम सम्पन्न गरेको थियो ।
जसअनुसार आयोगले बिहीबार ११ देखि ५ बजेसम्म उजुरी दिने कार्यक्रम तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण