धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो
कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ ।
धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो ।
गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन् ।
उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए ।
सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्याधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा रमेश तिमलसिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण