आज अर्जेन्टिना र ब्राजिलको भिडन्त
विश्व फुटबमा महान हस्ती अर्जेन्टिना र ब्राजिलबीचको खेल सधैँ चर्चामा रहन्छ । विश्वकपमात्र नभएर अन्य प्रतियोगितामा पनि यी दुई टोलीको खेललाई विश्वभरका दर्शकले मन पराउने गर्दछन् ।
कोपा अमेरिका कपपछि यी दुई टोली शुक्रबार (आज) राति भिड्दैछन् । अर्जेन्टिना र ब्राजिलले आज मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गन लागेका हुन् । दुई टोलीबीचको खेल तटस्थ भेन्यु साउदी अरवमा हुँदैछ ।
कोपा अमेरिकापछि तीन महिनाको प्रतिबन्ध सकिएसँगै अर्जेन्टिनी कप्तान लियोनल मेस्सी यही खेलमार्फत राष्ट्रिय टोलीमा फर्कदैछन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजकको आलोचना गरेका मेस्सी तीन महिला प्रतिबन्धमा परेका थिए ।
कोपा अमेरिकापछि ब्राजिल र अर्जेन्टिना पनि पहिलो पटक भिड्न लागेका हुन् । कोपामा आयोजक ब्राजीलले अर्जेन्टिनालाई २–० गोलले हराएको थियो । त्यही खेलमा मेस्सी आयोजकसँग रुस्ट बनेका थिए । उनले आयोजकले खेल मिलेमतो गराएको, कोपामा भ्रष्टाचार मौलाएको जस्ता आरोप लगाएका थिए ।
संयोगबस त्यही खेलपछि मेस्सीको भेट पुनः ब्राजिलसँग हुँदैछ । ब्राजिल टोलीमा स्टार खेलाडी नेइमार हुने छैनन् । चोटका कारण भर्खर खेलमा फर्किएका नेइमारले यस खेल नखेल्ने बताईएको छ । ब्राजिलले पछिल्ला खेलमा कमजोर प्रदर्शन गरिरहेको छ । अर्जेन्टिनाले भने राम्रो नतिजा निकालिरहेको अवस्था छ । त्यसैले यी दुई टोलीमा कस्ले जित्ला भन्ने कौतुहलता बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण