कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं– नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ । यसअघि दशथ रंगशालाका लागि तय भएको नेपालको होम गेम रंगशालाको निर्माणले पूर्णता नपाएपछि थिम्पुमा हुन लागेको हो ।
विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालसँग खेल्नुअघि बिहिबार राति कुवेतले चाइनेज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ । समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले बिहिबार रातिनै जोर्डनलाई १–० गोलले हराएको छ ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ
स्ट्राईकर : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण