कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं– नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ । यसअघि दशथ रंगशालाका लागि तय भएको नेपालको होम गेम रंगशालाको निर्माणले पूर्णता नपाएपछि थिम्पुमा हुन लागेको हो ।
विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालसँग खेल्नुअघि बिहिबार राति कुवेतले चाइनेज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ । समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले बिहिबार रातिनै जोर्डनलाई १–० गोलले हराएको छ ।
नेपाली टोली
गोलरक्षक : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ
स्ट्राईकर : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान