अफगानिस्तानमा चार जिल्लास्तरीय प्रहरी अधिकृत मारिए
शुक्रबार, २९ कात्तिक २०७६, २३ : १६
एजेन्सी- अफगानिस्तानको उत्तरी बाघ्लान प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी अधिकृत मारिएका छन् । तालिबानी लडाकूहरुले राखेको विद्युतीय धरापमा परी उनीहरुको शुक्रबार विहान मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
“तखार प्रान्तमा पर्ने वार्साज जिल्लाका प्रहरी प्रमुख अफ्जाल हकिमी र उनका अरु तीन जना सहकर्मीको मृत्यु भएको छ,” तखार प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता जवाद हिजीरीले सिन्ह्वासँग भने ।
घटना भएको ठाउँ प्रहरी प्रमुख हकिमीको गृहजिल्ला जाने बाटोमा पर्दछ । त्यो क्षेत्र तालिबान लडाकूहरुको बढी प्रभाव रहेको क्षेत्र मानिन्छ । -सिन्ह्वा/Photo: saharnews.net
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण