बलात्कार आरोपमा दुई नेता जेल चलान
शनिबार, ३० कात्तिक २०७६, ०९ : १५

ललितपुर । जबरजस्तीकरणीको आरोपमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ ।
पूर्पक्षका लागि थुनामा जानेमा दाङका सन्देश शर्मा पोखरेल र नुवाकोटका ज्ञानेन्द्र गजुरेल रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर, ललितपुरले कात्तिक ३ गते नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई जिल्ला अदालत ललितपुरले शुक्रबार आदेश लिएलगत्तै नख्खु कारागार चलान गरिएका ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।
पोखरेल पूर्वएमालेको युवा संघको उद्योग तथा समृद्धि विभागको सदस्य हुन् भने गजुरेल नेविसंघको पूर्व केन्द्रीय सदस्य र हाल कांग्रेस नुवाकोट जिल्ला सदस्य थिए ।
दुवै जनाले मिलेर २९ असोजमा ललितपुरमा १९ वर्षीय युवतीमाथि बलात्कार गरेको अभियोग थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने
-
इजरायली आक्रमणमा इरानी राज्य टेलिभिजन निशानामा, सीपीजेद्वारा कडा निन्दा
-
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु