मोटरसाइकलमा हात्तीको बथानले आक्रमण गर्दा दुवै जनाको मृत्यु
शनिबार, ३० कात्तिक २०७६, १२ : ३४
माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।
मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् ।
दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो ।
हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । घटना आज बिहान ७ः३० बजेको समयमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण