‘म टोलीमा भएको भए ब्राजिलले थप पाँच विश्वकप जित्ने थियो’
युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफू ब्राजिलको राष्ट्रिय टोलीमा भएको भए देशले थप पाँच विश्वकप जित्ने थियो भन्दै जिस्कने गरेको उनको क्लबका समकक्षी ड्यानिलोले बताएका छन् ।
रोनाल्डोले आफ्नो देश पोर्चुगलको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदशन गरिरहेका छन् । सन् २०१६ मा देशलाई युरोपियन च्याम्पियनसीप जिताएका रोनाल्डोले सन् २०१९ मा युइएफए नेसन्स लिगको उपाधि पनि दिाएका थिए । देशका लागि १६३ खेलमा प्रतिनिधित्व गर्दै उनले ९८ गोल गरेका छन् ।
रोनाल्डो र ड्यानिलो यसअघि रियल म्याड्रिडसँगै थिए भने अहिले युभेन्टसमा पनि एकै टीमबाट खेलिरहेका छन् ।
ड्यानिलो आफू ३४ वर्षीय खेलाडीको ठूलो फ्यान भएको बताए ।
‘मैले क्रिसलाई रियल म्याड्रिडदेखि चिनेको हुँ र अहिले युभेन्टसमा फेरि सँगै खेल्न पाउँदा निकै खुसी छु ।’
पाँच पटकका बालोन डि’ओर विजेताको तारिफ गर्दै उनले भने, ‘उनी स–सानो कुरालाई ध्यान दिन्छन् र उनको क्षमता त छँदैछ । त्यही भएर उनले नतिजाहरु निकाल्छन् ।’
‘कहिलेकाहीँ जिस्केर मसँग उनले भन्छन् कि यदी म ब्राजिलबाट खेलेको भए हामीले थप पाँच विश्वकप जितिसकेका हुन्थ्यौँ,’ ड्यानिलोले भने ।
पोर्टोबाट ड्यानिलो रियल म्याड्रिड आउँदा रोनाल्डोले त्यहाँ ६ वर्ष बिताइसकेका थिए । त्यहाँ दुई वर्ष बिताएपछि ड्यानिलो म्यान्चेस्टर सिटीतर्फ हानिएका थिए ।
सिटीपछि उनी अहिले युभेन्टससँग आबद्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण