आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु
पर्सा– पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ । गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् ।
लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । उहाँले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताए ।
बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । गोठमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र पोखरियाबाट गएको वारुणयन्त्रको मद्दतले नियन्त्रणमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण