नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा पदयात्रा निकालियो
आइतबार, ०१ मङ्सिर २०७६, १८ : ०५
भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा काठमाडौंमा पदयात्रा पनि निकालिएको छ ।
‘सीमा बचाऔं–नेपाल’ नामक अभियानको आह्वानमा आईतबार दिउँसो काठमाडौंको भृकुटीमण्डप, पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कसम्म भारतीय सीमा अतिक्रमणको विरुद्धमा पदयात्रा निकालिएको हो । पदयात्रामा सहभागी भएकाहरुले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि हो,’ ‘तत्काल सीमा अतिक्रमण बन्द गर’लगायतका नाराबाजी गर्दै भारतको चर्को विरोध गरेका थिए ।
उनीहरुले पदयात्राका क्रममा नेपालको एक इन्च भूमि पनि नछाडने चेतावनीसहितको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । यसै गरी आईतबार स्रष्टाहरुले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा आपत्ति जनाउँदै काठमाडौंमा प्रर्दशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण