प्रधानमन्त्री ओलीले सचिनलाई दिए उपहार
आइतबार, ०१ मङ्सिर २०७६, १९ : ३०
काठमाडौं । भारतीय महान क्रिकेटर सचिन तेन्दुल्करले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । सचिनलाई प्रधानमन्त्रीले नेपालको विशेष बत्ती बाल्ने पाला उपहार दिएका थिए । सचिनले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए ।
संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालमा सचिनलाई बोलाएको हो । शनिबार मात्र सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टोलीले बालबालिकासँग कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । आठ ओभरको उक्त खेलमा सचिनकै टोली विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण