कोसोभोमाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड युरोकपमा छनोट
इङ्ल्यान्ड युरोकप छनोटमा छनोट भएको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कोसोभोमाथि ४–० गोलको प्रभावशाली जित निकाल्दै इङ्ल्यान्डले युरोकपमा स्थान बनाएको हो । इङ्ल्यान्डको जितमा ह्यारी विङ्स, कप्तान ह्यारी केन, मार्कुस रासफोर्ड र मासन माउन्टले गोल गरे ।
एकपक्षीय खेलमा इङ्ल्यान्डले ३२औं मिनेटमा ह्यारी विङ्सको गोलबाट अग्रता लिएको थियो । इङ्ल्यान्डले तीन गोल दोस्रो हाफमा थपेको थियो । ७९औं मिनेटमा ह्यारी केनले गोलगर्दै टोलीको अग्रता दोब्बर बनाए । मार्कुस रासफोर्डले ८३औं मिनेटमा र मासन माउन्टले इन्जुरी समयमा गोलगर्दै इङ्ल्यान्डलाई सानदार जित दिलाए ।
जितसँगै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले आठ खेलबाट २१ अंक बनायो । यस समूहबाट चेक रिपब्लिक दोस्रो भयो । आइतबार रातिनै भएको खेलमा चेक बुल्गेरियासँग १÷० गोलले पराजित भएको थियो । हारेपनि दोस्रो स्थानमा रहेको चेक रिपब्लिकले १५ अंक बनाएको छ । ६ अंक बनाएको बुल्गेरिया चौथो स्थानमा रह्यो । ११ अंक बनाएको कोसोभो तेस्रो र तीन अंकमा सिमित मोन्टेनेग्रो अन्तिम स्थानमा रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण