विश्वकप विजेता फ्रान्स युरोकपमा छनोट
सन् २०१८ को विश्वकप विजेता फ्रान्स सन् २०२० को युरोकपमा छनोट भएको छ । आइतबार राति भएको समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा अल्बानियालाई २–० गोलले हराउँदै फ्रान्सले युरोकपमा स्थान बनाएको हो ।
समूह विजेता बनेको फ्रान्सले १० खेलबाट २३ अंक बनायो । दोस्रो स्थानमा रहेको टर्की पनि समान खेलबाट २३ अंक जोड्दै युरोकपमा छनोट भयो । फ्रान्सको जितमा कोरेन्टिन टोलिसोले आठौ मिनेटमा खाता खोले । कोरेन्टिनले एन्टोइन ग्रिजम्यानको फ्रिकिक पासमा हेड गोल गरेका थिए । त्यसपछि ग्रिजम्यानले ३१औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
यही समूहको अर्को खेलमा टर्कीले एन्डोरालाई २–० गोलले हराउँदै युरोकपमा छानिएको हो । टर्कीको जितमा इनेस युनलले गरे । युनलले १७औं र २१औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा आइसल्यान्डले मोल्डोभालाई २–१ गोलले हरायो । जितसँगै १९ अंक बनाएको आइसल्यान्ड तेस्रो स्थानमा रह्यो । १३ अंक बनाएको अल्बानिया चौथो, चार अंक बनाएको एन्डोरा पाँचौं र तीन अंक बनाएको मोल्डोभा अन्तिम स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण