युवापुस्तामा बढेको मदिराको लतले स्वास्थ्यमा पार्ने गम्भीर असरहरु
फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताए ।
मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताए ।
मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उनको सुझाव छ ।
मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ । मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुने अनुसन्धानबाट पत्ता लागिसकेको पनि डा. पाण्डेले जानकारी दिए ।
उनले रक्सी प्रयोग गर्नुपरे पनि मासु, चिल्लो खानेकुरा वा पापडहरूसँग प्रयोग गर्न नहुने र फलफूल वा सलादसँग प्रयोग गर्नुपर्ने बताए । जर्मन अनुसन्धानकर्ताहरूले गरेका अध्ययनमा पुरुषसरह नै रक्सी प्रयोग गरेमा महिलाको दिमागमा गम्भीर क्षति पुग्ने पाइएको छ । वैज्ञानिकहरूले रक्सी पिउने १५० महिलाको मस्तिष्कको सिटिस्क्यान गर्दा स्मरण गर्न भूमिका खेल्ने मस्तिष्कका महत्त्ववपूर्ण नसाहरूमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण