आसामको वेश्यालयबाट नेपालका चार नाबालिग र तीन किशोरीको उद्धार
लेन १४ नामबाट चिनिने आसामको सिल्चारस्थित एक कुख्यात वेश्यालयबाट सात नेपालीको उद्धार गरिएको छ ।
त्यही वेश्यालयबाट गत जुलाई १४ तारिखमा उद्दार गरिएकी नेपाली किशोरीको मद्दतले अन्य सातजनाको उद्दार गर्न सकिएको हो ।
नेपालमा स्थापना भएको गैर नाफामुलक संगठन, शक्ति समूहको नेतृत्वमा ती युवतीहरुको उद्धार भएको हो ।
शक्ति समूह गत आइतबार कछार पुलिससहित सिल्चार पुगेको थियो र सोमबार बेलुकी अभियान चलाएको थियो ।
‘उद्दार गरिएका सातजनामध्ये चारजना नाबालिग थिए भने अन्य तीनजना २० वर्ष मुनिका थिए,’ शक्ति समूहका कानूनी तथा प्रशिक्षण सल्लाहकार दिपिल कोइरालाले जानकारी दिए ।
दिलिपले नर्थइस्ट नाउसँगको कुराकानीमा भने, ‘जुलाई १४ तारिखमा एक किशोरीको उद्धार गरिएपछि यो वेश्यालयमा छट्पटाइरहेका उनीहरुलाई उद्धार गर्न सम्भव भएको हो ।’
कोइरालाले थपे, ‘उनीहरुलाई वेश्यावृत्तिमा धकेल्ने नेपाली महिला लक्ष्मी तामाङलाई पनि पक्राउ गरिएको छ ।’
‘यी सबै सातजनामध्ये कतिलाई राम्रो काम दिलाउने प्रलोभन देखाइएको थियो भने कतिलाई राम्रो श्रीमान पाउने आशा दिलाइएको थियो,’ कोइरालाले जानकारी दिए ।
उनले यसबारे दूतावासमा जानकारी दिइसकेको र मंगलबार सिल्चार अदालतमा एकपटक पेश गराएपछि उनीहरुलाई नेपाल फिर्ता लैजाने पनि उनले जानकारी दिए ।
सन् १९९६ मा मुम्बईस्थित थुप्रै वेश्यालयबाट उद्दार गरिएको १ सय २८ महिलामध्ये १५ जना महिलाले शक्ति समूहको स्थापना गरेको उनले बताए ।
सिल्चारमा मात्रै नभई भारतका विभिन्न स्थानमा यस्ता अभियान बारम्बार गरिँदै आएको पनि उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण