सन्दकपुर गाउँ पुगेर रोमान्टिक बने पुजा र पल
काठमाडौँ । ‘म यस्तो गीत गाउँछु २’ अहिले सुटिङ भइरहेको फिल्म हो । फिल्मको यतिबेला नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी पाँचथर आसपासका स्थानमा भइरहेको छ ।
फागुन २३ गते प्रदर्शन मिती तोकेर छायाँकनमा निस्किएको यो फिल्मको छायाँकन समयको केही तस्बिर अहिले सार्वजनिक भएको छ । तस्बिरमा अभिनेता पल शाह र पूजा शर्मा रोमान्टिक अवतारमा देखिएका छन् ।
तस्बिर फिल्म भित्र रहने ‘तिम्रो घरको वरिपरी’ बोलको गीत सुटिङको हो । जसको छायाँकन हालै सात दिन लगाएर गरिएके छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथरलगायतका स्थानमा गीतको छायाँकन गरिएको शो ।
अर्जुन पोखरेलको संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतको कोरियोग्राफी भने रामजी लामिछानेले गरेका हुन् ।
लवस्टोरी फिल्म बनाउन खप्पिस निर्देशक सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा पुजा र पलको अलवा दिनेश डीसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय छ ।
शिवम् अधिकारीको लेखन रहेको फिल्मको यो गीत छिट्दै सार्वजनिक गर्ने निर्देशक थापाले बताए ।
प्रेमकथाको बिषयमा निर्माण भएको यो फिल्म ‘म यस्तो गाउछु’को सिक्वेलको रुपमा बन्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण