यी हुन् विश्वकै महँगा पाँच रक्सी
रक्सी पिउनु स्वास्थ्यका लागि हानिकार मानिन्छ । यसका बाबजुद विश्वका प्रशस्त मानिस रक्सी पिउने गर्छन् प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउँछन् । रक्सीको मूल्य पिउने मानिसको हैसियतअनुसार पनि निर्धारण हुन्छ । ठूला–ठूला दिग्गज आफ्नो पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् ताकि उनीहरुको रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सी पनि हुन्छन् ।
१. टकिला ले ९२५ः
जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हिरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर, यो रक्सी हालसम्म कसैले पनि किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्न नै कठिनाइ परेको छ ।
२. अममांड डी ब्रिगनेक मिडासाः
यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियनमध्ये एक मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँभन्दा पनि बढी छ ।
३. डिभा भोड्काः
यसको स्वाद नङ–पालिसको जस्तो आउँछ । यसको बोतलभित्र स्वरोस्कीको क्रिस्टल राखिएको हुन्छ । यी क्रिस्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।
४. डेमलर ६२ः
यसलाई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यति महँगो छ कि हालसम्म यसको केवल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।
५. पेनफोल्ड्स एम्पुलः
यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोतलमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ ।
यो खबर आजको कारोबार दैनिकले एजेन्सीको सहयोगमा बनाएर प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण