नवनियुक्त श्रममन्त्री यादवद्वारा पदभार ग्रहण (फोटोसहित)
बिहीबार, ०५ मङ्सिर २०७६, १७ : १५
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएसँगै बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उनलाई मन्त्रालयमा श्रम सचिव विनोद केसीलगायतले स्वागत गरेका थिए । यस्तै उनलाई बधाइ दिन निवर्तमान मन्त्री गोकर्ण विष्ट पनि मन्त्रालय पुगेका थिए ।
पदभार ग्रहण गर्दै मन्त्री यादवले स्वदेशमै रोजगारीको सिर्जना गर्न आफू लागिपर्ने बताए । यस्तै वैदेशिक रोजगारलाई थप व्यवस्थित र मर्यादित बनाउने पनि उनले प्रतिबद्धता जनाए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण