संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्छ : नेता शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले संविधान कार्यान्वयनका लागि सबै लाग्नुपर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग, एमफिल समाजशास्त्र र प्रा चैतन्य मिश्र फाउण्डेशनले विहीबार यहाँ आयोजना गरेको ‘नेपालमा समाजशास्त्र ः शिक्षा, स्वास्थ्य र समृद्धि’ विषयक एकदिने विचार गोष्ठीमा उनले संविधान कार्यान्वयन भएमात्र मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा समृद्धि आउने उल्लेख गरे ।
“नेपालको संविधानले महिला, दलित, आदिवासी, अपाङ्ता भएका व्यक्ति, मधेसीलगायतको अधिकारलाई स्थापित गरेको छ, समृद्ध मुलुक निर्माणका लागि संविधान कार्यान्वयन आवश्यक छ”, नेता शर्माले भने ।
नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले महिला, दलित, सुकुम्बासी, आदिवासी र जनजातीलाई सशक्तीकरण गरेमात्र मुलुकको विकास हुने बताए । “सङ्घीयताको कार्यान्वयन भएमात्र समाजवादको बाटोमा मुलुक अगाडि बढ्छ”, उनले भने ।
नेता गिरीले केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिले न्यायोचित बजेट विनियोजन गरेमात्र समृद्ध नेपाल र सुखी नेपाली बन्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य प्रा। उषा झाले कर्मचारीतन्त्र केन्द्रीकृत भएकाले सङ्घीयताको कार्यान्वयनमा समस्या उत्पन्न हुँदै गएको बताइन् ।
राजनीतिक विश्लेषक तुलनारायण शाहले मधेस आन्दोलनका कारण मुलुकमा सङ्घीयता निर्माण भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयका रेक्टर डा सुधा त्रिपाठीले विश्वविद्यालयलाई अनुसन्धान गर्ने केन्द्रका रुपमा अगाडि बढाउनुुपर्ने बताइन् ।
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागले छ वर्षदेखि यस्ता छलफल र बहस चलाउँदै आएको विभागका प्रमुख टीकाराम गौतमले जानकारी दिए । सो अवसरमा शिक्षा, स्वास्थ्य र समृद्धिको बारेमा छुट्टाछुट्टै समूह बनाएर समूहगत छलफल गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्ध एयरको सिस्टम ह्याक प्रकरण : ह्याकरले १५ दिनमा २० जनालाई बेचे टिकट
-
सुर्खेतमा मेडिकल सञ्चालक नै लागुऔषध कारोबारमा
-
नारद लुइँटेल नेप्सेको सीईओ नियुक्त
-
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त
-
प्रधानमन्त्री ओली चैत १९ गते थाइल्याण्ड जाने
-
टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय