तनहुँमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
आइतबार, ०८ मङ्सिर २०७६, १२ : ५४
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने ६० वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग१७प १२९८ नंको मोटरसाइकलको ठक्करबाट घाइते तामाङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । तामाङको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो । घाइतेलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि पोखरा पठाइएको थियो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण