अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीको नयाँ नेतृत्व चयन
जर्मनी । अन्तर्राष्ट्रिय कलाकार मञ्च जर्मनीले डा सरोज चुडालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै पाँचौ अधिवेशन सम्पन्न गरेको छ ।
गत १७ नोभेम्बरमा साँस्कृतिक शहर ब्रेमेनमा भएको अधिवेशनले आगामी २ बर्षको लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । मञ्चका निवर्तमान अध्यक्ष बेल गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा जर्मनीका विभिन्न सहरबाट आएका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । कलाकारहरु पार्वती गुरुङ्ग मलिसा गुरुङ्ग, डा प्रविन प्रसाईँ, बिकु अधिकारी, सरोज पन्त, छिरिङ शेर्पा लगायतको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो ।
विदेशी भूमिमा रहेका नेपाली र नेपालीका सन्तानलाई आफ्नो देशको कला संस्कृतिप्रति आस्था जगाइराख्न र नेपाली सस्कृति भुल्न नदिन अन्तर्राष्ट्रिय कलाकार मञ्चले विविध प्रकारमा कार्यक्रम अघि सार्ने अध्यक्ष डा चुडालले बताए ।
गठित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमामा रविन काजी भण्डारी, काजी राना, महासचिवमा सुरज कार्की र कोषाध्यक्षमा छिरिङ शेर्पा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण