उच्चस्तरीय परामर्श संयन्त्रलाई सी र आवेको बधाई
एजेन्सी । चीन र जापानबीचको उच्चस्तरीय परामर्श संयन्त्रलाई चीनका राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाई दिएका छन् । चीनको राजधानी बेइजिङमा सोमबार सो संयन्त्रको बैठक बसेको छ । त्यसमा दुवै देशका कूटनीतिक अधिकारीहरुको सहभागिता रहेको छ ।
उक्त बैठकको पूर्व सन्ध्यामा चिनियाँ राष्ट्रपति सि चिनफिङ र जापानी प्रधानमन्त्री सिन्जो आबेले बधाई सन्देश पठाएका थिए । उक्त संयन्त्र दुई देशबीचका जनताको तहमा सम्पर्क विस्तार गर्न र आपसमा सांस्कृतिक विकास र आदानप्रदान गर्नका लागि सो संयन्त्र सहयोगी सिद्ध हुने बताइएको छ ।
त्यस पत्रका चिनियाँ राष्ट्रपति चिनफिङले चीन र जापानले विगत लामो समयदेखि आफ्नो गहिरो र मजवुद सम्बन्धको विकास गर्दै आएका उल्लेख गरेका छन् । उनले चीन जापानका नागरिकले कम्तीमा पनि दुई हजार वर्ष यतादेखि आफ्नो सांस्कृतिक र अन्य सम्बन्धको विकास गर्दै आएका उल्लेख गरेका छन् । साथै यस सम्बन्धका कारण यी दुई देश आपसमा सहयोगी रही आएको पनि सो पत्रमा उल्लेख गर्नुभएको बताइएको छ ।
उक्त संयन्त्र जापान र चीनबीचको सांस्कृतिक तथा जनसम्पर्कका कार्यहरुको आपसी आदान प्रदान हुने धारणा जापानी प्रधानमन्त्री आबेले राखेका छन् । दुई देशबीचको आपसी तथा पारस्पारिक सहयोग र सुमधुर सम्बन्धको विकासका क्षेत्रमा थप सहयोगी सिद्ध होस् भनेर गएको जुन महिनामा भएको आबे र चिनियाँ राष्ट्रपति सिको भेटका क्रममा सो प्रस्ताव गरेको बताए ।
गत जुन महिनामा उनीहरुबीच जापानको ओसाकामा भएको भेटका क्रममा यस्तो खालको संयुक्त संयन्त्र निर्माण गर्ने र आपसी सहयोग र सद्भाव विकासका लाग काम गर्ने भन्दै यो संयन्त्रको निर्माण गर्ने प्रस्ताव जापानले गरेको थियो ।
सोही प्रस्तावबमोजिम स्थापित यस संयन्त्रको पहिलो बैठक सोमबार बेइजिङमा शुरु भएको छ । सो बैठकमा दुवै देशका उच्च कूटनीतिज्ञहरुको सहभागिता रहेको छ । यस उच्चस्तरीय संयुक्त संयन्त्रले यी दुवै देशका बीचमा समय समयमा देखापर्ने असमझदारीहरुलाई हटाउन पनि सहयोग पु¥याउने बताइएको छ । –सिन्ह्वा/ Xi photo by Kosaku Mimura, Abe photo by Shinya Sawai
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण