पीएसजीसँग रोकियो रियल, हजार्ड घाइते
एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो ।
खेलको १७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए ।
तर, लगत्तै डिफेन्सको गल्तीको फाइदा उठाउँदै काइलियान एम्बाप्पेले पीएसजीका लागि गोल फर्काए । त्यसको दुई मिनेटपछि पाबलो साराबियाले बराबरी गोल फर्काए ।
खेलमा चोटग्रस्त हुँदै एडिन हजार्ड बाहिरिएपछि मैदान प्रवेश गरेका गेराथ बेलले इन्जुरी समयमा फ्रिकिकमार्फत रियललाई जीत दिलाउने मौका पाएका थिए । तर, उनको प्रहार पोष्टमा लाग्न पुगेको थियो ।
गत मार्चमा म्यानेजरका रुपमा जिनेदिन जिदान फर्किएपछि रियलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो । पीएसजीका गोलकिपर केयलर नाभासले रियलका १० वटा प्रहारलाई रोकेका थिए ।
खेलमा केही विवादास्पद निर्णयसमेत भएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले रातोकार्ड पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएका थिए ।
समूह ए कै अन्य खेलमा क्लब ब्रगस र गलातासारेले १–१ को बराबरी खेलेपछि पीएसजी र रियल दुवै क्रमशः समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण