म्यानचेस्टर सिटी नकआउट चरणमा

एजेन्सी । इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै सिटी नकआउट चरणमा पुगेको हो ।
जितसँगै समूह ‘सी’ मा रहेको सिटीले पाँच खेलबाटर ११ अङ्क बनाएको छ । समूहको शीर्ष स्थानमा रहेको सिटीले एक खेल अगावै नकआउट चरणमा स्थान बनायो । यस समूहमा अन्य तीन टोली साख्तर, डाइनामो जाग्रिव र एटलान्टाको पनि नकआउट चरण पुग्ने सम्भावना जीवित छ ।
समूहको दोस्रो स्थानमा रहेको साख्तरले ६ अङ्क बनाएको छ । डाइनामोको पाँच अंक सहित तेस्रो र चार अंक बनाएको एटलान्टा पाँचौ स्थानमा छ । समूह चरणको अन्तिम खेलले नै नकआउट पुग्ने अर्काे टोलीको निर्धारण गर्नेछ । सिटी र साख्तरबीचका प्रतिस्पर्धातमक खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सिटीले ५६औं मिनेटमा अग्रता लियो । सिटीका इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९औँ मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो ।
यही समूहको अर्काे खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले हरायो । जितसँगै एटलान्टाले नकआउट चरण पुग्ने आशा जगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : कमिन्सको कसिलो बलिङ, १ सय ३३ रनमा रोकियो दिल्ली
-
‘वैदेशिक शिक्षा अनुभव र नेपालको शिक्षा नीति : संवाद र सम्भावना’ विषयक कार्यक्रम सम्पन्न
-
रारा पुगेर अभिनेता प्रदिप खड्काले भने, ‘कर्णालीवासीले क्षतिपूर्ति माग्नुपर्छ’
-
रवीन्द्र मिश्र लगायतको रिहाइ माग गर्दै रिले अनसन, डा.लोहनीको ऐक्यबद्धता
-
खेमराज सेढाईंंलाई पक्राउ गरिएपछि राजावादी समूहको घोर आपत्ति
-
सीआईबीले लिन थाल्यो दुर्गा प्रसाईंसँग बयान