पहिलो घटनाः पनडुब्बीमा भेटियो १३ अर्ब रुपैयाँको लागुऔषध

आन्ध्र महासागरबाट स्प्यानिश अधिकारीले एक पनडुब्बीबाट तीन टन कोकिन जफत गरेको जानकारी दिएको छ । स्पेनको ग्यालिसियास्थित उत्तर पश्चिमी क्षेत्रमा अवरुद्ध गरिएको उक्त पनडुब्बीमा १२१ मिलियन डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) को लागुऔषध भेटिएको छ ।
पनडुब्बीमा रहेका तीनजना सदस्यमध्ये दुई इक्वोडरका नागरिकलाई पुलिसले पक्राउ गरेको छ भने तेस्रो स्पयानिश नागरिक फरार छन् ।
कोलोम्बियाबाट युरोपको यात्रा तय गरेको उक्त पनडुब्बीले ७ हजार ६ सय ९० किलोमिटर यात्रा गरेपछि आन्ध्र महासागरमा पक्राउ परेको थियो ।
अनुसन्धानमा संलग्न स्रोतले लागुऔषध ढुवानी गरिरहेको गिरोह निकै ठूलो भएको अनुमान गरेको छ किनभने उक्त पनडुब्बीको मूल्य मात्रै २.७ मिलियन डलर (करिब ३० करोड रुपैयाँ बढी) छ ।
स्प्यानिश अधिकारीले पनडुब्बी प्रयोग गरेर लागुऔषध ढुवानी गरिएको यो देशकै पहिलो घटना भएको बताएका छन् । पुलिसले सोमबारदेखि कोकिनका प्याकेटहरु निकाल्न सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण