रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ
पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका छन् । बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले यस्तो दाबी गरेका हुन् ।
रवीन्द्र अधिकारीको निधनपछि प्रतिनिधिसभा अन्तरगत कास्की–२ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
सरकारले चुनाव हार्ने डरले बुथ क्याप्चर गर्ने कुरा सुन्नमा आएको भन्दै प्रशासनलाई सचेत हुन पौडेलले आग्रह गरे । उनले भने, ‘निष्पक्ष, धाधलीरहित चुनाव बनाउन मेरो आग्रह छ । स्वच्छ चुनाव होस् । जनताले गरेको मूल्याङ्कन यो चुनावमा जस्ताको त्यस्तै आउनुपर्छ’, उनले सुनाए ।
निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई चुनाव उठाएकाले कास्कीका काँग्रेसले नै चुनाव जित्ने पौडेलको दाबी छ ।
कम्युनिस्ट सरकारले सत्ता र शक्तिको आडमा झुठो प्रचार गरेको समेत उनले आरोप लगाए । ‘कम्युनिस्टको झुठो प्रचारले सीमा नाघ्यो, यसमा मेरो ध्यान आकर्षित भएको छ,’ उनले भने ।
फरक प्रसङ्गमा कालापानीको तथ्य आफुले आफुले बाहिर ल्याउन पहल गरेको दाबी गरेका छन् । ‘म सभामुख हुँदा तथ्य कुरा लुकाइयो भन्ने आरोप लगाए । कालापानी लिपुलेकको बारेमा अहिले जसरी कुरा आइरहेको छ । वास्तवमा कालापानीको तथ्य बाहिर ल्याउने पहिलो व्यक्ति नै मै हु’ पौडेलले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण