रामचन्द्रको आरोप : कास्कीमा चुनाव हार्ने डरले सरकारले बुथ क्याप्चर गर्दैछ
पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वच्छ चुनाव हुने कुरामा आशंका व्यक्त गर्दै सरकारले चुनाव हार्ने डरले कास्कीमा बुथ क्याप्चर गर्न लागेको गम्भीर आरोप लगाएका छन् । बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले यस्तो दाबी गरेका हुन् ।
रवीन्द्र अधिकारीको निधनपछि प्रतिनिधिसभा अन्तरगत कास्की–२ मा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।
सरकारले चुनाव हार्ने डरले बुथ क्याप्चर गर्ने कुरा सुन्नमा आएको भन्दै प्रशासनलाई सचेत हुन पौडेलले आग्रह गरे । उनले भने, ‘निष्पक्ष, धाधलीरहित चुनाव बनाउन मेरो आग्रह छ । स्वच्छ चुनाव होस् । जनताले गरेको मूल्याङ्कन यो चुनावमा जस्ताको त्यस्तै आउनुपर्छ’, उनले सुनाए ।
निष्ठाको राजनीति गर्ने उम्मेदवारलाई चुनाव उठाएकाले कास्कीका काँग्रेसले नै चुनाव जित्ने पौडेलको दाबी छ ।
कम्युनिस्ट सरकारले सत्ता र शक्तिको आडमा झुठो प्रचार गरेको समेत उनले आरोप लगाए । ‘कम्युनिस्टको झुठो प्रचारले सीमा नाघ्यो, यसमा मेरो ध्यान आकर्षित भएको छ,’ उनले भने ।
फरक प्रसङ्गमा कालापानीको तथ्य आफुले आफुले बाहिर ल्याउन पहल गरेको दाबी गरेका छन् । ‘म सभामुख हुँदा तथ्य कुरा लुकाइयो भन्ने आरोप लगाए । कालापानी लिपुलेकको बारेमा अहिले जसरी कुरा आइरहेको छ । वास्तवमा कालापानीको तथ्य बाहिर ल्याउने पहिलो व्यक्ति नै मै हु’ पौडेलले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मधेश सरकारबाट माओवादीका २ मन्त्रीले दिए राजीनामा
-
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको तयारी
-
सहकारी ठगीमा संसदीय छानबिन समिति उपयुक्त छैन : कानुनमन्त्री गिरी
-
नर्सिङ संघको कार्यक्रममा देखिएनन् स्वास्थ्यमन्त्री
-
इन्डोनेसियामा आएको बाढीमा परी १५ जनाको मृत्यु
-
विकल पौडेलविरुद्ध ४० करोड बिगो दाबी गर्दै तेस्रो मुद्दा दायर