माघ २४ मा पूर्वमिस नेपाल निकिताको ‘साङ्लो’
काठमाडौं । अभिनेता विराज भट्ट र पूर्व मिस नेपाल निकिता चाण्डकको रोमान्स रहेको फिल्म हो ‘साङ्लो’ । माघ २४ गते रिलिज मिति घोषणा गरिएको फिल्मको अहिले एक पोष्टर सार्वजनिक गरिएको छ । जसमा विराजसँगै निकिता पनि देखिएकी छन् ।
‘साङ्लो’ केही पहिले ९ फागुनमा रिलिज हुने घोषणा भएको थियो । तर उक्त मितिमा अन्य धेरै फिल्म प्रदर्शनमा आउने भएपछि ‘साङ्लो’ले रिलिज मिति परिवर्तन गरेर माघमा सारेको हो ।
फिल्म अभिनेता बिराज आफैले निर्देशन गरेका हुन् । बिराजको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको पहिलो गीत बिहीबार रिलिज गर्ने तयारीमा विराज छन् ।
फिल्ममा बिराज र निकिताको अलवा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारको पनि अभिनय छ ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र रहेको फिल्मको कथा शिवम अधिकारीले तयार पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण